२ मंसिर, काठमाडौँ । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन एक साथ मंसिर ४ गते हुँदैछ । निर्वाचनको दिन मतपत्र बदर हुन सक्ने उत्तिकै सम्भावनालाई मध्यनजर गदै निर्वाचन आयोगले मतपत्र बदर हुन नदिन मतदाता शिक्षा चलाएको छ ।

यस्तो अवस्थामा मतपत्र बदर हुन्छ ।

१. मतपत्र च्यातिएमा ।
२. मतदान अधिकृतको हस्ताक्षर नभएमा ।
३. दुई वटा निर्वाचन चिह्न रहेको कोठामा बीचमा पर्ने गरी मत संकेत गरेमा ।
४. स्वस्तिक छाप नबुझिने गरी लतपतिएमा ।
५. एकभन्दा बढी चिह्नमा मत संकेत गरेमा ।
६. मतपत्र स्वस्तिक छाप बाहेक अन्य संकेत जस्तैः औठा छाप, हस्ताक्षर आदिले मत संकेत गरेमा ।
७. निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत संकेत गरेमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय