
२ मंसिर, काठमाडौँ । नेपाली सेनाले निर्वाचन सुरक्षाअन्तर्गत देशैभर ९ सय ३० बम डिस्पोजल टोली खटाएको जनाएको छ ।
शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले ९ सय ३० बम डिस्पोजल टोली खटिसकेको र आवश्यकताअनुसार १ हजार ५० हजार वटासम्म टोली खटाउन सकिने जानकारी दिए।



निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना तर्जुमा गरी सुरक्षाकर्मी परिचालन गरिएको गृह सचिव सिंहले बताए ।