१ मंसिर,
बाँके : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगर स्थित एउटा घरमा बम विष्फोट हुँदा दुईजना घाइते भएका छन्।
घाईते हुनेमा, विप्लव समुहका विद्यार्थी संगठन बाँकेका अध्यक्ष सल्यान बागचौर–२ निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता घोडागोडी नगरपालिका १ कैलालीका धर्मराज सुनार घाइते भएका छ्न्। बुधवार गएराति सवा आठ बजे तिर बम बिष्फोट भएको थियो।
घाइते मध्ये सुनारको अबस्था चिन्ताजनक रहेको हुदा उनलाई भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ। अर्काको भने भेरीमै उपचार भैरहेको छ।
बाँके प्रहरीका अनुसन्धानका अनुसार, उनिहरुले बम बनाउँदै गरेको अबस्थामा बिस्फोट भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।