
२८ कात्तिक, बाँके । चोरीका गरगहना र नगद ४४ हजार ३ सय १ रूपैयाँ सहित बाँके खजुराका एक जनालाई दाङको सुकौराबाट प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बेलुकी दाङ, तुलसीपुर उपमहानगरपालिका १० सुकौराबाट चोरीका विभिन्न १६ थान गरगहना र नगद ४४ हजार ३ सय १ रूपैयाँ सहित बाँके खजुरा गाउँपालिका २ सि गाउँ बस्ने ४२ वर्षीय राजेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट झोलामा लुकाई राखेको उक्त गरगहना र नगद सहित पक्राउ गरेको जनाएको छ ।
उक्त धनमाल बाँके नेपालगंज पुष्पलाल चोकस्थित दुल्लु दरवार होटलबाट चोरी गरी ल्याएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।