२८ कात्तिक, काठमाडौँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक विरूद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डि।सी। र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा। विनय कुमार दास विरूद्ध प्रश्नपत्रको गोपनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगले उनिहरुलाई मानविकी र सामाजिक शास्त्र संकाय डिनको कार्यालयद्वारा मिति २०७७।१०।१९ गतेको गोरखापत्रमा प्रकाशित सूचना छलकपटपूर्ण तरिकाले निकालिएको, विभिन्न विषयका आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय ९कानूनमा स्नातकोत्तर गरी न्यूनतम ५० प्रतिशत ल्याएको० मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपिमा अङ्क थपघट गरिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरु उपर देहाय अनुसारको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।