२६ कात्तिक,
बर्दिया : बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेश सामुदायिक वनमा शनिबार पोथी पाटेबाघ मृत अवस्थामा फेला परेको सहायक वन अधिकृत सन्तोष चौधरीले बताएका छन्।
चौधरीका अनुसार बाघको शरीरका विभिन्न भागमा चोट पटक लागेको साथै शुक्रबार राति बाघ एक आपसमा लडाई गरेर मृत्यु भएको अनुमान गरिएको बताए।
उक्त मृत अवस्थामा फेला परेको बाघलाई अनुसन्धान र पोस्टमार्टमका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधक टोलीले लिएर गएका छन्।
गत वर्ष चैत १२ गते बर्दियाको मधुवन—८ स्थित ग्रामीण महिला र बासपानी सामुदायिक वनमा आपसमा जुधेर बाघको मृत्यु भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार १ सय २५ बाघ रहेका छन्।