
२५ कात्तिक,
ईलाम : सूर्योदय नगरपालिका ईलामले सामुदायिक विद्यालयका आधारभूत तहमा अध्ययनरत सबै बालबालिकाको बैंक खाता सञ्चालन अभियान सुरु गरेको छ।
पालिकाले राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा ‘बाल बचत – २१०५ जना नानीहरूको निम्ति– सबैका लागि उच्च शिक्षा’ अन्तर्गत कक्षा १ देखि ५ सम्मका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि अभियान सुरु गरेको हो।



उक्त नगरपालिकाको अभिलेखमा दर्ता भएका ६६ वटा सामुदायिक विद्यालयका २ हजार १०५ विद्यार्थीको पहिलो चरणमा खाता सञ्चालन हुने नगर प्रमुख रणबहादुर राईले बताएका छन्।
राईका अनुसार, बालबालिकाहरूलाई बचत गराउने बानी गराउनका साथै आगामी भविष्य सुरक्षित गराउने नगरले बाल बचत कार्यविधि नै बनाएर अघि बढाएको बताए।
यसरी बचत गर्ने बानीको विकासले नगरको दिगो सोचलाई टेवा मिल्ने कार्यक्रम पनि हुने अपेक्षा राखिएको राईले बताएका छन्।