
२३ कात्तिक, नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके जिल्ला उपाध्यक्ष विन्दु चर्ती मगरले पार्टीे छोडेको घोषणा गरेकी छिन् ।
निर्वाचन नजिकिँदै गर्दा गम्भीर असन्तुष्टि जनाउँदै मगरले राजीनामा दिएकी छिन। तर उनले कसले र किन पार्टी छाड्न बाध्य बनायो भन्ने उल्लेख गरेकी छैनन्। चर्ती मगरले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आजदेखि राप्रपाको साधारण सदस्य समेत नरहे नगरी राजीनामा दिएको जानकारी दिएकी छिन्।



उनले लेखेकी छिन् “दुइ दशक भन्दा बढी समय बिताएको राप्रपा सङ्ग वडा सचिपको जिम्मेवारी सम्हाल्दै हाल जिल्ला उपाध्यक्ष पदको इमान्दारी का साथ जिम्मेवारी सम्हालदै आएको थिए ।तर आज देखि साधरण सदस्य नरहने गरि यो पार्टी परि त्याग गरेको घोषणा गर्दछु।पार्टी परि त्याग गर्न बध्यता बनाइदो रहेछ हामी जस्तो इमान्दार कार्यकर्ता केहि ब्यक्ति विशेषले गर्दा यो पार्टी छोड्न बाध्य हुदोरहेछ।आज सम्म मलाई साथ र हौसला दिनु हुने मेरा आदरणीय नेता ज्यु तथा दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्दछु।”
