
२२ कात्तिक, काठमाडौँ । विभिन्न पदका लागि एनआईसी एशिया बैंकले कर्मचारीको माग गरेको छ ।
बैंकले काठमाडौं उपत्यकाका लागि डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर, डाटा प्लेटफर्म एडमिनिस्ट्रेटर लगायतको पदमा कर्मचारीको माग गरेको हो ।



बैकले जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि कर्मचारीको माग गरेको छ । आवेदनका लागि स्नाकोत्तर तह उर्तिण गरी ५ वर्षे अनुभव तथा स्नातक तह उत्तीर्ण भई १० वर्षे अनुभव भएको हुनुपर्ने बैकले जनाएको छ । साथै बैंकले विभिन्न पदको लागि अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
