
२१ कात्तिक, बाँके । बाँकेको डुडुवा गाउँपालिकाले अझै बजेट ल्याउन सकेन छैन् । स्थानीय तह सञ्चालन ऐनले प्रत्येक वर्षको असार मसान्तसम्म गाउँसभाबाट बजेट पारित गरिसक्नुपर्ने व्यवस्था भए पनि डुडुवा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को चार महिना कटिसक्दा पनि बजेट ल्याउन सकेन छैन् ।
स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) मा गरिएको व्यवस्था अनुसार असार १० गतेभित्र स्थानीय तहले बजेट पेस गर्नुपर्छ र असार मसान्तभित्र पारित गरिसक्नुपर्छ ।



बितेका आर्थिक वर्षहरूमा पनि कतिपय स्थानीय तहले फागुनसम्म बजेट पेस गर्न सकेका थिएनन् ।
अधिकांश स्थानीय तहमा प्रमुख एउटा पार्टीको र उपप्रमुख अर्को पार्टीको हुँदा विवाद हुने र बजेट समयमा पेस नहुने देखिएको छ । जसमा सबैभन्दा अगाडि मधेस प्रदेश देखिएको छ ।
मधेस प्रदेशका १९ वटा र लुम्बिनी प्रदेशका तीनवटा स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् ।