२० कात्तिक, बाँके । कोहलपुर नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याईने भएको छ ।
आइतवार बाँकेको कोहलपुरमा दुई दिने सामुदायिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकको संयुक्त बैठक एवं क्षमता विकास सम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पुर्णप्रसाद आचार्यले शैक्षिक क्षेत्र सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिने बताए । नगर प्रमुख आचार्यले शैक्षिक क्षेत्र सुधारका धेरैै प्रयास भइरहेको समेत बताए ।
कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शैक्षिक क्षेत्र सुधारको प्रयासका लागि तालिमको आयोजना गरिएको थियो ।