२० कात्तिक, बाँके । बाँके जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ हजार ९ सय ५९ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनका लागि सरकारले देशैभर १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरेकोमा बाँकेमा मात्रै १ हजार ९ सय ५९ जना म्यादी प्रहरी परिचालन गरिएको हो ।
प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईका अनुसार करिब एक साताको तालिम पुरा गरेका म्यादी प्रहरीहरुलाई ४० कार्यदिन निर्वाचन सुरक्षाका लागि परिचालन गरिने र निर्वाचन सम्पन्न भएपछि म्यादी प्रहरीलाई थप ४ दिन परिचालन गरिने बताए ।