१९ कात्तिक, काठमाडौँ । अर्को सूचना प्रकाशन नभएसम्म सवारी लाइसेन्सको आवेदन मंसिर १ देखि बन्द हुने भएको छ ।
शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारी समेत खटिनुपर्ने भएकाले आवेदन नलिइने जनाएको छ ।
विभागले अर्को सूचना प्रकाशन नभएसम्म बन्द रहने जनाएको छ ।