१९ कात्तिक, नेपालगञ्ज । बाँकेमा कुनै पनि प्रकारका अवैध हात हतियार नभित्रिएको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले बताएका छन् ।
शुक्रवार ईन्सेक लुम्बिनी प्रदेश कार्यालयले नेपालगञ्जमा आयोजना गरेको “स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका र प्रतिबद्धता” विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाँकेको शान्ति, सुरक्षा र अपराधिक गिरोहमाथि प्रहरी प्रशासनले निगरानी राखेको र कुनै प्रकारको हातहतियार नभित्रिएको बताए ।
कार्तिक ६ गते त्रिभुवन चोकमा नेपालगञ्जका दुई आपराधिक गिरोहबीच भएको विवादमा हवाई फायर गरेर एक पक्ष भागे पछि चुनावको मुखमा बाँकेमा त्रास छाएको थियो । बाँके प्रहरीले हतियार पड्काउने ब्यक्तिलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।