१८ कात्तिक, नेपालगञ्ज । बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा शुरू गर्ने तयारी गरेको छ ।

जनशक्ति र उपकरणको व्यवस्था नहुदा क्यान्सर रोगको उपचारको लागि बिरामीहरु भारतको लखनउ, भरतपुर क्यान्सर अस्पताल चितवन र काठमाण्डौ जान थाले पछि अस्पताल विकास समितिकले विशेषज्ञ सेवाको तयारी गर्न लागेको अध्यक्ष टेकेन्द्र्र मल्लले बताए ।

अध्यक्ष मल्लले सुशील कोइराला क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल भइरहेको बताए ।

उनले अस्पतालमा युरोलोजिस्ट भएपनि पिसाबसम्बन्धी सम्पूर्ण उपचार र शल्यक्रिया हुन नसक्दा बिरामी अन्य ठाउँ जानुपर्ने बाध्यता छ, अस्पतालमा आवश्यक पर्ने भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक छलफल भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय