१७ कात्तिक, नेपालगञ्ज । नेपालगन्ज भन्सार कार्यालयले सर्वसाधारणलाई भारतबाट चामल ल्याउन कडाई गरेको छ। कार्यालयले सर्वसाधारणले घरायसी खर्चका रुपमा ल्याउने चामलमा बुधबारदेखि कडाई गरेको छ जनाएको छ । घरायसी खर्चका लागि सर्वसाधारणले राजस्व नतिरेर चामल ल्याउने गरेको भन्दै नेपालगन्ज भन्सार कार्यालयले चामल ल्याउन कडाइ गरेको हो ।

सर्वसाधारणले अब भारतबाट चामल ल्याउँदा १ बोराको १ सय रुपैयाँ राजस्व तिरेर ल्याउन पाउने छन् ।

भारतबाट खुलेआम चामल ल्याउँदा राजस्व घट्नुका साथै नेपालगन्जको व्यापार व्यवसायमा समेत असर परेपछि कडाइ गरिएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय