१७ कात्तिक, नेपालगञ्ज । नेपालगन्ज भन्सार कार्यालयकार्यालयले चालु आर्थिक बर्षको तिनै महिनामा राजश्व असुलीमा लक्ष्य भेटाउन सकेको छैन ।

अघिल्लो आ.व.मा आफ्नो बार्षिक लक्ष्य नभेटेको भन्सारको तथ्यांक हेर्दा पछिल्ला ३ महिनामा मासिक लक्ष्य समेत प्राप्त गर्न सकेको छैन ।

चालु आर्थिक बर्ष २०७९/०८० को साउनमा १ अर्ब ७८ करोड ८५ लाख लक्ष्य पाएको नेपालगन्ज भन्सार कार्यालयले १ अर्ब ३५ करोड ४८ लाख २८ हजार, भदौंमा २ अर्ब २३ करोड ३६ लाख १३ हजार लक्ष्य पाएकोमा १ अर्ब ४३ करोड ४९ लाख १२ हजार राजश्व असुली गरेको छ ।

यस्तै असोजमा २ अर्ब ३४ करोड १९ लाख १४ हजार रूपैयाँ भन्सार राजश्व असुलीको लक्ष्य राखिएकोमा १ अर्ब २८ करोड ४८ लाख २० हजार मात्रै राजश्व असुली गरेको छ ।

अघिल्लो आ.व.मा आफ्नो बार्षिक लक्ष्य नभेटेको भन्सारको तथ्यांक हेर्दा तिन महिनाको असुली लक्ष्य भेटाउन कठिन परेको छ । आ.व. २०७ /०८० मा २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार राजश्व असुलीको लक्ष्य पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय