१५ कात्तिक, नेपालगञ्ज । निकैप्रयासपछि पनि सत्ता गठबन्धनमा ठाउँ नपाएको नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नम्बर २ मा प्रदेश सभाका लागि चुनावी मैदानमा होमिएको छ ।

आगामी मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बाँकेमा कम्तिमा प्रत्येक क्षेत्रमा एकरएक सिटको सुनिश्चितता खोजेको माओवादीले क्षेत्र नम्बर २ मा भने खाली हुने अवस्था आएपछि ‘मित्रवत्’ प्रतिष्पर्धामा होमिएको हो ।

त्यसको अभिभारा लिएका छन्, माओवादी केन्द्रका युवा नेता अकल बहादुर बमले । बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) का लागि उम्मेदवारी दिएका बलमे निर्वाचनमा जित हासिल गर्न आवश्यक अभियान चालिसकेको बताए ।

केन्द्रमा ५ दलिय गठबन्धन बनाएर देशैभर चुनावी मैदानमा उत्रिएका पार्टीमध्येका नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबिच भने बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) लुम्बिनी प्रदेश सभा सदस्यमा भने गठबन्धन हुन सकेको छैन ।

यो क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट अकल बहादुर बम र काँग्रेसका तर्फबाट सुरेन्द्र हमालले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन । माओवादीका उम्मेदवार अकल बमले यो क्षेत्रमा काँग्रेस र माओवादीबिच सुमधुर रुपमा मित्रवत चुनावी प्रतिस्पर्धा हुने बताए ।

‘अहिले चुनाव प्रचार प्रसारका लागि आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने सम्पूर्ण वडा कार्यालयहरुमा सम्पर्क कार्यालयहरु स्थापना गरिरहेका छौं,’ उम्मेदवार बमले दैनिक नेपालगन्जसँग भने, ‘वडा वडामा सम्पर्क कार्यालय हुँदा जनतासङ्ग भेटघाट हुन र आफ्ना कार्यक्रम तथा मुद्दाहरुलाई जनतासामु लैजान निकै सरल हुने भएकाले पहिलो चरणमा त्यसलाई अगाडी बढाइएको हो ।’ आजको दैनिक नेपालगञ्जमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय