१५ कात्तिक, काठमाडौँ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा नारायणी नदीको घोलमा पल्टिएको छ ।
कात्तिक १४ गते वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा पल्टिँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ता रहेका छन् भने दुई जना नदीमा डुबेर घाइते भएका छन्।