१४ कात्तिक, काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले १७ कात्तिकदेखि १ मंसिरसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन्।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ।
उम्मेदवारले हाल सामाजिक सञ्जालबाट प्रचार गरिरहेका छन्।