१० कार्तिक,काठमाडौं । यमपञ्चकको पाँचौँ दिन आज भाइटीका पर्व दाजुभाइले दिदीबहिनीबाट ञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
नेपालीको दोस्रो ठूलो चाड तिहार प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे रहेको भए पनि आज दिनभर लगाउन सकिने छ ।



यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् ।












