१० कार्तिक,काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुने समानुपातिकतर्फको उम्मेदवारको अन्तिम बन्दसूची निर्वाचन आयोगले प्रकाशित गरेको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ हजार १ सय ९९ जना उम्मेदवार रहेका छन् ।

आयोगले बुधबार दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम अन्तिम बन्दसूची प्रकाशित गरेको हो ।

प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ को लागि ६ सय १६ जना, मधेश प्रदेशको लागि ८ सय ६३ जना, वाग्मती प्रदेशको लागि ७ सय ५४ जाना, गण्डकी प्रदेशको लागि ३ सय ४४ जना, लुम्बिनी प्रदेशको लागि ५ सय ७९ जना, कर्णाली प्रदेशको लागि २ सय जना र सुदूरपश्चिम प्रदेशको लागि ३ सय ५२ जना उम्मेदवारहरूको नाम प्रकाशित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय