१० कार्तिक,काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, नेता र विभिन्न निकायलाई स्पष्टीकरण सोध्नेदेखि सचेत गराउँदै आएको छ ।

आयोगले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ ।

आयोगले पछिल्ला दिनमा पूर्वप्रधानमन्त्रीदेखि विशिष्ट व्यक्ति एवं विभिन्न निकायलाई स्पष्टीकरण सोध्ने र आचारसंहिताबारे आवश्यक निर्देशन र सचेत गराइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

आयोगले निर्वाचन घोषण भएयता २४ घण्टाको अवधि तोकेर हालसम्म ५४ वटा स्पष्टीकरण सोधिसकेको छ । स्पष्टीकरण सोधिएकामध्ये ३८ वडाको जवाफ प्राप्त भएको आयोगका सहायक प्रवक्ता शर्माले बताए । यसरी स्पष्टीकरण सोधिएकामा राजनीतिक दल, व्यक्ति र संस्था रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय