९ कात्तिक,
दैलेखको नारायण नगरपालिका–६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा पिङबाट लडेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, नारायण नगरपालिका–६ का १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरीका अनुसार, पिङ खेल्न सुरु गरेलगत्तै दुई पटकसम्म पिङमा मच्चिएका उनी एक्कासी पिङबाट लडेका थिए । स्थानीयले उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगेको भएपनि उपचारकै क्रममा मृत्यु भएको हो।
जिल्लाभर पिङ हाल्ने र खेल्ने प्रचलन धेरै छ । पिङ खेल्दा सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई अनुरोध गरेको छ ।