नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ।

गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव एक प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

आइएमएफले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ ।

आइएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले ६ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको थियो । तर हाल उक्त प्रक्षेपणलाई घटाएर ५ प्रतिशतमा सीमित गरेको छ ।

सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय