
७ कात्तिक,
सल्यान : सल्यानमा देउसी भैलोका लागि निश्चित समय तोकिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ।
प्रशासनले तिहारको समयमा कानूनविपरीत गतिविधि नहुने गरी देउसी भैलो र नाचगान गर्न आग्रह गरेको छ।



दीपावलीका वेला दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गर्दा आगजनी तथा विपद्जन्य घटनाहरू घट्न सक्ने भएकाले सोतर्फसमेत सचेत रहन अनुरोध गरिएको छ। कोही कसैले कानूनविपरीत काम गरे गराएको पाइए प्रचलित कानूनबमोजिम कडा कारबाही गरिनेसमेत भएको छ।