६ कात्तिक,
बाँके : बाँकेको कोहलपुर नगरपालिकाले एक सूचना जारी गर्दै चाडपर्वको समयमा बिस्फोटक जन्य पटकाहरु खरिद/बिक्री गर्ने, पड्काउने, ध्वनि तथा वायु प्रदुषण गर्ने लगायतका गतिविधि नगरी देउसी/भैलो खेल्न आग्रह गरेको छ ।
आईतवार एक सूचना जारी गर्दै नगरपालिकाले रातको ९:०० बजेसम्म मात्रै देउसी/भैलो खेल्न आग्रह गरेको हो। पटका, आतिसबाजी जस्ता प्रज्वलनशिल पदार्थको ओसारपसार नगर्न र नपट्काउन लगाएत सम्पूर्ण असामाजिक किसिमका गतिविधि नगर्न नगराउनुहुन सम्पूर्ण नगरबासीहरुमा अनुरोध गरेको छ।
उक्त किसिमका गतिविधि गरेको पाईएमा कानुन बमोजिम कडा कारबाही गरिने आग्रह गरेको छ।
कोहलपुर नगरपालिकाद्वारा जारी गरिएको सूचना हेर्नुहोस्