तिहारमा घरै झिलिमिली हुने गरी दियो बाल्नुको पनि अर्थ छ । यसको धार्मिक तथा सांस्कृतिक महत्व छ । दीपावली तेत्रायुगमा सुरु भएको विभिन्न पुस्तकमा उल्लेख गरिएको छ । दीप र आवली शब्द मिलेर बनेको दिपावलीमा दिप भनेको बत्ती हो । त्यस्तै आवली भनेको पंक्तिवद्ध हो र, जब दीप र आवली एक आपमिल्छन्, तब दीपावली बन्छ ।चारैतिर अन्धकार छाएको बेला,अन्धकारबाट छुटकारा पाउनका लागि दिपावली मनाइन्छ ।
उज्यालो नहुँदा दुष्ट आत्मा र शक्ति सक्रिय हुने जनविश्वास छ । त्यसैले यी दुष्ट शक्तिहरूलाई कमजोर बनाउन घरको हरेक कुनामा दीप प्रज्वलन गरिन्छ । अन्धकारबाट छुटकारा पाउनका लागि मानिसहरु दियो, मौनबत्ती, आकर्षक विद्युतीय बत्ती प्रयोग गर्ने गर्दछन ।

समय थियो मान्छेहरु जब दुना वा पालामा दीप प्रज्वलन गरेर तिहार पर्व मनाउने गर्थे । अहिले आधुनिकताको नाममा अर्बौ रुपया खर्चेर विद्युतीय झिलिमिली बत्ती बाल्ने गर्दछन । आफुलाई सरल लाग्ने गरी जुनसुकै खालको बत्ती बाले तापनि सावधानी अपनाउन भने अत्यन्त जरुरी हुने गर्दछ । अन्यथा हर्ष, उल्लास क्षण भरमै रोदनपुर्ण हुन सक्छ ।

तिहारमा बत्ती बाल्दा निम्न कुरामा ध्यान दिनु पर्दछ

1.तिहारमा दियो बत्ती,मौनबत्ती बाल्दा हावा नलाग्ने, सफा, खुला र घरका कुनामा बाल्नुपर्छ । दियो बत्तीको वरिपरि छिटो आगो समात्ने प्रज्वलनशील पदार्थ जस्तै मट्टितेल, पेट्रोलियम पदार्थ आदि राख्नु ।

2.झिलिमिली बत्ती प्रयोग गर्दा राम्रो गुणस्तरीय खालको बत्ती मात्र प्रयोग गर्ने अन्यथा सर्ट सर्किट भएर घरमा आगो लाग्न सक्छ ।

3.बत्ती जडान गर्दा सधै मेन स्वीच बन्द गरेर मात्र गर्ने, यसो नगरेको खण्डमा करेन्ट लाग्ने सम्भावना प्रबल हुन्छ ।

4.झिलिमिली बत्ती जडान गर्दा दक्ष व्यक्तिबाट जडान गराउने । अग्ला भवन,अपार्टमेन्ट, टावरमा बत्ती जडान गर्दा सिडी, सु्रक्षा बेल्ट र हेल्मेट आदि प्रयोग गरेर मात्र गर्ने ।

5.बच्चाहरु उज्यालोका सौखिन हुन्छन अझ झन झिलिमिली बत्ती हुदा त उनीहरु दिउसै पनि बत्ती बाल्ने हेर्ने, आफना उमेरका साथीहरुलाई मेरो घरमा यस्तो लाइट छ भने् देखाउने गर्दछन । यस कारण कहि कतै पनि नाङ्गो तार नछोडने र स्वीच बक्स बच्चाहरुले नभेट्ने ठाउमा राख्ने,

6.निरन्तर रुपमा लामो समयसम्म बत्ती बाली राख्नाले सर्ट सर्किटको समस्या हुन सक्छ त्यसैले बत्ती आवश्यकता बमोजिम प्रयोग गर्ने,

7.राम्रोसँग चेकजाँच गरेर मात्र झिलिमिली बत्ती प्रयोग गर्ने,सम्भव भए वाटरप्रुफ झिलिमिली बत्ती को प्रयोग गर्ने,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय