
५ कात्तिक,
कपिलवस्तु : पिपराबाट तौलिहवा आउँदै गरेको सशस्त्र प्रहरीको ना१ग ५५४ नम्बरको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।
जितपुर–तौलिहवा सडक खण्डअन्तर्गत शुक्रबार साँझ ८ बजेतिर वाणगंगा नगरपालिका–३, सिउटीमा साइकल यात्रु बचाउने क्रममा ट्रक दुर्घटनामा भएको थियो ।



दुर्घटनामा गम्भीर घाइते भएका दुई सशस्त्र प्रहरीका हबल्दार रमेश चौधरी र जवान जनक चौधरीको भैरहवा मेडिकल कलेजमा उपचार गराउँदा गराउँदै शुक्रबार राति साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
यसअघि हिजै ट्रक चालक सशस्त्रका सहायक हबल्दार रमेश चौधरी र स्थानीय अमर संग्रामीको मृत्यु भएको थियो । चालक र स्थानीयको जीतपुरमा उपचार गराउँदा गराउँदै मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते दुई सशस्त्र र एक जना नेपाल प्रहरीको उपचार भैरहवास्थित मेडिकल कलेजमा भईरहेकोछ ।
शुक्रबार स्थापना भएको क्षेत्र नं. १ मा निर्वाचन सुरक्षा बेसका लागि सशस्त्र प्रहरीलाई छाडेर सशस्त्रको गण कार्यालय फर्कने क्रममा ट्रक दुर्घटनामा परेको थियो । कान्तिपुरबाट