
३० असोज,
धादिङको एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएका छन्।
पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेको होटल सञ्चालकले जनाएका छन्।



होटल सञ्चालकका अनुसार, महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’, भनेर रु ११ हजार नगद लिएर गायब भएका हुन्।
शुक्रबार ती व्यक्तिले छोडेको झोला आज दिउँसो खोलेर हेर्दा कागजको पोका, सुन जस्तो देखिने नक्कली सिक्री र एउटा तन्ना भेटिएको छ।
सुन, डलर पैसालगायत जिन्सी सामान राखिदिनु अहिले एकछिनमै आउँछु भनेर गएका ती व्यक्ति फर्किएर नआएको होटल सञ्चालकको भनाइ छ ।