२४ असोज,
गौशालाले प्रहरीले बालिका बलात्कार आरोप लागेको क्रिकेटर सन्दीप लामिछानेलाई आज अदालत लैजाने तयारी गरेको छ।
प्रहरीका अनुसार, दशैं बिदाका कारण प्रहरीले म्याद थप गर्न नसकेको भन्दै आज अदालतमा लगेर म्याद थप गरी लामिछानेसँग बयान लिन सुरु गरीने तयारी भएको जनाएको छ। गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा रहेका छन्।















