२३ असोज,
बर्दिया : तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सयभन्दा बढी घर डुबानमा परेका छन्।

तराईमा रहेका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका केहि बस्तीहरु जलमग्न भएका छन्। अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो। गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीको महान् चाड बडादशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीय बासिन्दा बताउँछन्।

स्थानीयका अनुसार, बर्दियाको इन्द्रपुर गाउँपालिकाका केहि बस्तीहरु डुबानमा परेकाले बस्नका लागि अहिले एकदमै समस्या भइरहेको बताए ।

केहि दिनको अविरल वर्षाले गर्दा हामि आफ्नो जुपडिको घरबाट रोडमा आएको छौं तर यहाँका सरोकारवालाको अहिलेसम्म कुनैपनि ध्यानाकर्षण नभएको स्थानीयले गुणासो गरेका छन्।

आज दिउँसो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय