१८ असोज,
कञ्चनपुर : कञ्चनपुरमा दशैंको मुखमै शुक्लाफाँटा नगरपालिकाका तीन वटा वडामा जंगली हात्तीको बथानले आज बिहान पाक्नै लागेको धानबाली नष्ट गर्नुका साथै घरसमेत भत्काइदिएको छ।

धानमा क्षतिसँगै वडा नं १ का मदन महराको घर भत्काईदिएको छ। घरभित्र राखेको अन्नसहित सबै सामान तोडफोड गरिदिएको पीडित महराले बताए।

त्यसैगरी वडा नं ११ का रामबहादुर चुनारा, केशव भट्ट, पदम बुढा लगायतको झण्डै १५ कट्ठामा लगाएको धान खाएर र खुट्टाले कुल्चेर पूरै नोक्सान गरेको वडाध्यक्ष शेरबहादुर साउदले बताए।

वडा नं ८ का ६ जनाको १० कट्ठाभन्दा बढी जग्गामा लगाएको धान क्षति गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए।

हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गर्दै आए पनि सुनवाई नभएको उनको भनाई रहेको छ। हात्ती वडा नं १ को सामुदायिक वन क्षेत्रमै रहेका छन्।

छुट्टाछुट्टै झुण्डमा रहेको हात्तीको आतंकबाट दोधारा चाँदनी, भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसान प्रभावित हुँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय