१७ असोज,
डडेल्धुरामा कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको ना५ख ६७३४ नम्बरको बस र बझाङबाट धनगढीतर्फ आइरहेको से१ख ८७८ नम्बरको ट्रक आपसमा ठोकिदा १६ जना घाईते भएका छन् भने उनीहरु मध्य ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरीका अनुसार, घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ। उनीहरुको पहिचान भने खुलेको छैन। बसमा २४ जना सवार थिए। यस्तै उक्त दुर्घटनापछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा अहिले जाम लागेको छ।

जाम लागेपछि राजमार्गमा यात्रु तथा सवारीसाधन ठप्प बनेका छन्। अहिले डडेल्धुरा र डोटीबाट प्रहरी टोली दुर्घटनास्थलमा पुगेको छ। जाम खुलाउन प्रयास गरिरहेको प्रहरीले जनाएको छ। थप जानकारी आउँन बाँकी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय