१२ असोज,
बाँके : बाँकेको कोहलपुर नगरपालिकाले स्थानीय बजार अनुगमन सुरु गरेको छ । बागेश्वोरी खबर मिडिया समाचारको प्रभावका कारण कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माको संयोजकत्वमा बुधबारदेखि कोहलपुरमा रहेका पसलहरुको अनुगमन सुरु गरिएको हो ।

बाँकेको कोहलपुर नगरपालिका र नेपालगंज उप-महानगरपालिकाका स्थानीयहरुले नेपालीहरुको महान पर्व दशै तिहारलाई लक्षित गरी व्यवसायीहरुले मनपरी मुल्य लिएको भन्दै बागेश्वोरी खबर मिडियालाई बताएका थिए। सोहि सूचनाको आधार लिएर केही समय अघि मात्र बागेश्वोरी खबर मिडियाले समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचार सुन्नासाथ कोहलपुर नगरपालिकाद्वारा स्थानीय बजारका पसलहरुमा अनुगमन सुरु गरिएको हो । साथै कोहलपुर नगरपालिकाले स्थानीय बजार अनुमगनलाई तिब्रता दिने बताएको छ।

स्थानीय बजार अनुगमनका क्रममा कोहलपुर क्षेत्रमा रहेका कपडा व्यापारीहरुले दररेट पारदर्शी नबनाएको, नगरपालिकामा आफ्नो व्यापार दर्ता नगरीएको पाइएको छ।

अनुगमनमा इलाका प्रशासनबाट कालि बहादुर राना, कोहलपुर उद्योग बाणिज्य संघबाट पवित्रा ढकाल र इलाका प्रहरी कार्यालयबाट प्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय