
१२ असोज,
सल्यान : सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा, दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली रहेका छन्।



यस्तैगरी सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यसैगरी कपुरकोट गाउँपालिका ६ जलवाङकै ३५ वर्षीय तिलक ओली गम्भीर घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
बाँकेको ढकेरीबाट सल्यानको रिमकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा१ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो।