११ असोज,
बाँके : बडादसैं सुरु भएसँगै बजारभाउ यतिबेला आकाशिएको छ। दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परेका छन्। दसैंतिहार जस्ता ठूला पर्व नजिकिएसँगै यहाँका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ । बजारका पसलको अनुगमन र कारबाहीको जिम्मेवारी बोकेका सरोकारवाला निकायहरुको भने अहिलेसम्म कुनै ध्यानआकर्षण हुन सकेको छैन् ।

बजारमा अनियमिता हुन नदिने गर्ने उद्देश्यले गरिने अनुगमन केहि महिना देखि हुनसकेको छैन् । चाडपर्व नजिकिएका बेलामासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो छ ।

कालोबजारी, मूल्यवृद्धि, अखाद्य वस्तु बिक्रीवितरण बढ्दो रुपमा रहेको भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको गुनासो उपभोक्ताको छ । उपभोक्ताको खाद्य अधिकारलाई सुनिश्चित् गर्न र कालोबजारी रोक्न नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने बाँकेका स्थानीयहरुले माग गरेको बागेश्वोरी खबर मिडियालाई जानकारी दिएका छन्।

स्थानीयका अनुसार, बजार अनुगमन नहुँदा कालोबजारीको बिग बिगी बढिरहेको छ। यसलाई सम्बन्धित निकायले तत्काल नियन्त्रण गर्नुपर्ने अवस्था रहेको बताएका छन्। अनुगमनलाई औपचारिकताका लागि मात्रै नभइ प्रभावकारी रुपमा गर्नु जरुरी समेत रहेको बताए।

दशैँ, तिहार र छठ जस्ता मुख्य चाडबाडका बेला सरकारले गुणस्तर जाँचका लागि भन्दै बजार अनुगमन तीव्र बनाउने गरेको छ । तर त्यस्तो ‘मौसमी’ अनुगमन प्रभावकारी नभएको उपभोक्ताको गुनासो छ।

उक्त बजारका पसलको अनुगमन र कारबाहीको जिम्मेवारी बोकेका सरोकारवाला निकायहरुको छिटोभन्दा छिटो ध्यानआकर्षण हुन एकदमै जरुरि देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय