९ असोज,
सरकारले विद्यार्थीहरूलाई संघीय अस्पतालमा उपचार गर्दा ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट्ट दिने निर्णय गरेका हुन् ।

संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने स्वास्थ्य मन्त्रीका सल्लाहकार केदारप्रसाद गौतमले बताए । ओपिडी सेवा लिनका लागि विद्यार्थीहरूले आफ्नो परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय