५ असोज,
टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै असोज २६ गतेसम्म रोक लगाएको छ ।

अदालतको आदेशमाथि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इछुमती) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’

बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय