३० भदौ,
बाँके : भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको छ।

शान्ति पुनःस्थापना गृहका नेपालगन्जका अनुसार बालकहरुलाई रूपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रूपमा भारत पुर्‍याइएका थिए। १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा ती बालकलाई भारतको गोरखपुरस्थित रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांंश १२ वर्षमुनिका बालक रहेका छन्।

उद्धार गरिएका बालकलाई बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर र नेपालको अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने भएको छ।

अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरूलाई भारत पुर्‍याउने व्यक्तिको पहिचान हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय