२४ भदौ,
नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले जारी सीपीएल छाडेर केही दिनमै स्वदेश फर्किने बताएका छन्। आज शुक्रवार बिहान फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेको आरोप निराधार भएको भन्दै कानूनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

उनले आफू निर्दोष रहेको र कानूनले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्। सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिजमा छन्। किशोरी बलात्कारको आरोप लागेपछि उनले पहिलोपटक मुख खोलेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय