२२ भदौ,
अभिनेता पल शाहलाई बालयौन दुरुपयोगमा दोषी ठहर्‍याएर अदालतले अढाई वर्षको जेल सजाय सुनाएको छ। उक्त दिनमै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध उस्तै प्रकृतिको जाहेरी मंगलबार काठमाडौं प्रहरी परिसरमा एक किशोरीले जाहेरी दिएकी छन्। यी दुई प्रकरणले अहिले सामाजिक सञ्जाल हल्लाइरहेको छ ।

अभिनेता पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतले जबरजस्ती करणी नगरेको ठहर्‍याएको छ तर उमेर नपुगेकी किशोरीसँग यौनजन्य क्रियाकलाप गरेको भन्दै उनलाई जेल सजायका साथै १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकिएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको घटनामा पनि जाहेरीकर्ता नाबालिग हुन्। त्यसैले यदि उनले सन्दीपसँग आफ्नो शारीरिक सम्बन्ध रहेको मात्रै पुष्टि गरे पुग्छ। यदि, दुवैको सहमतिमा वा किशोरीकै आग्रहमा सम्बन्ध भएको थियो भने पनि कानूनले सन्दीपलाई ‘बलात्कारी’ नै मान्छ । तर, यदि शारीरिक सम्बन्ध रहेको पुष्टि गर्न सकिनन् वा पछि बयान फेरिन् भने सन्दीप निर्दोष साबित हुन सक्छन् ।

जाहेरीदेखि अदालतको फैसलासम्ममा धेरै लामो प्रक्रियाबाट गुज्रिनुपर्छ। त्यतिञ्जेलसम्म ‘आरोपी’ को छवि धुलिसात भइसकेको हुन्छ । यदि, अन्तिम फैसलामा निर्दोष साबित भए पनि अहिले लागेको दाग सहजै पुछिँदैन । उनको क्रिकेट करिअर पनि बिथोलिइसकेको हुन्छ । यसर्थ सन्दीपका लागि यो जाहेरी नै उनको व्यवसायिक तथा निजी जीवन तहसनहस बनाउन पर्याप्त छ । यदि पछि निर्दोष साबित भए भने पनि करिअरमा भएको क्षति र व्यक्तिगत एवं पारिवारिक प्रतिष्ठामा पुगेको चोटको भरपाई सम्भव छैन ।

यदि कुनै पुरुषमाथि एक महिलाले यौनजन्य अपराधमा जाहेरी दिइन् भने उनको पहिचान गोप्य राख्नुपर्ने प्रावधान छ । बलात्कारका घटनामा पीडितहरू प्रहरीसम्म पुग्न नहिचकिचाउन् र उनीहरूको इज्जतमा दाग नलागोस् भनेर कानूनले यस्तो प्रबन्ध गरेको हो । तर, आरोपी पुरुषका हकमा भने निजको पहिचान खुलाउन नमिल्ने कुनै कानून छैन । अझ कोही सार्वजनिक रूपमा चर्चित व्यक्तिविरुद्ध जाहेरी पर्‍यो भने त प्रहरी आफैँ उत्ताउलिएर मिडियावाजी गर्न तम्सिन्छ । फोटो र वास्तविक नाम नै सार्वजनिक गरिन्छ । यसलाई लिएर पनि प्रश्नहरू उठ्न थालेका छन् ।

यदि अभियोग प्रमाणित नहुँदासम्म आरोपीको पनि पहिचान गोप्य रहनुपर्ने कानूनी प्रावधान भइदिएको भए सायद धेरै निर्दोषहरू डामिनबाट जोगिन सक्थे । निर्दोष ठहरिएपछि शिर उँचा गरेर हिँड्न सक्थे । तर, पहिल्यै बदनामी खेपिसकेपछि अदालतले सफाइ दिए पनि त्यो प्राविधिक मात्रै हुन्छ । अझ पब्लिक फिगरका हकमा त पैसा र पहुँचको बलमा फैसला प्रभावित तुल्याएको बनिबनाउ आरोप लाग्छ ।

अभिनेता पल शाहको घटनामा सबैजसो कुराहरु बाहिर आइसकेका छन् । सन्दीपको हकमा चाहिँ धेरै कुरा आउन बाँकी छन् । अहिलेसम्म मिडियामा आएका घटना विवरण एकपक्षीय हुन् । यस विषयमा प्रहरी अनुसन्धानले नै सबै कुरा निर्क्याैल गर्नेछ । अहिल्यै उनलाई दोषी वा निर्दोषिताको प्रमाणपत्र भिराउन हतार गरिनु हुँदैन । यदि अनुसन्धानबाट दोषी ठहरिए भने कानून बमोजिम कारबाही भोग्नुपर्ने स्वाभाविक नै हो। हाम्रो देशबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय