२० भदौ,
सल्यान : सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा ट्रकले किच्दा तीन वर्षीय बालकको मृत्यु भएको छ। सामान लोड गरिरहेको लु१ख ९२५९ नम्बरको ट्रकले किच्दा ट्रकधनीका ३ वर्षीय छोरा कृतिक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरीका अनुसार, सामान लोड गर्न जाने क्रममा बच्चा एक्कासी ट्रकतिर आउँदा ट्रकको पछाडिको भागले किचेर गम्भीर घाइते भएका थिए। बालकको श्रीनगरस्थित परोपकार हस्पिटलमा उपचार भैरहेको क्रममा मृत्यु भएको हो।
उक्त बालकलाई किच्ने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।