१८ भदौ,
भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार नेपालीको ज्यान गएको टाइम्स अफ इन्डियाले जनाएको छ। उनीहरूको परिचय भने खुलेको छैन।
उक्त दुर्घटनामा २४ जना घाइते भएको जनाइएको छ। तीमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ। बसमा करिब ६० जना नेपाली मजदुर रहेको बताइएको छ।
घाइतेलाई उपचारका लागि लखनउमा लगिएको प्रहरीले जनाएको छ। थप जानकारी आउन बाँकी…