१७ भदौ,
बैतडीको पाटन नगरपालिका ८ हरिचन मोडमा बस दुर्घटना भएको छ। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौली तर्फ आइरहेको पवनदुत यातायातको ना ७ ख २५७० नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।

४५ यात्रु सवार बस सडकबाट करीब ५ मिटर तल खसेको छ। बस दुर्घटनमा परे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा परेका सबै यात्रुको उद्धार गरिएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय