११ भदौ,
बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ का एक युवकलाई गाईको बाच्छीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनले बलात्कार गरेको स्वीकार गरेपनि प्रहरीले परिचय गोप्य राखिएको हो।
प्रहरीका अनुसार, राप्तिसोनारी गाउँपालिका ४ स्थित दंगपुरर्वा घर भएका जलउवा थारुको गोठमा बाँधिएका गाईको बाच्छीलाई स्थानीय युवकले बलात्कार गरेको आरोपमा उनलाई ईलाका प्रहरी कार्यालय धामपुरले नियन्त्रणमा लिएको छ। उनले गाईको बाच्छी बाधेको ठाउँमा उनको कट्टु र मोवाइल समेत फेला परेपछि उक्त युवा पक्राउ परेका हुन।
ईलाका प्रहरी कार्यालय धामपुरले थप अनुसन्धान र कारवाहीका लागी ईलाका प्रहरी कार्यालय कोहलपुर पठाएको छ।