११ भदौ,
दाङमा यात्रुवाहक बसको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। घाइते हुनेमा सल्यान बागचौर नगरपालिका-५ बस्ने ८४ वर्षीय भीमबहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, शुक्रबार साँझ करिब सवा ६ बजेतिर तुलसीपुर-५ वीरेन्द्र चोकस्थित सडकमा पश्चिम रुकुमको रुघाबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको ना ३ ख ४४०० नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा भण्डारी गम्भीर घाइते भएका हुन्। भण्डारी सोही बसबाट झरी बसको अगाडिबाट हिँड्दै गरेको अवस्थामा बसले ठक्कर दिएको थियो।

अहिले उनको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ भने बस र चालकलाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय