
८ भदौ,
बाँके : जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, उजुरी आएपछि केही उजुरीका विषयमा बोलाएर छलफलसमेत गरेर पीडितलाई राहत भएको छ। प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिका सहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका लगायतका रहेका छन् ।



मिटरब्याजीले थोरै पैसा लगानी गरेर रु १० लाखदेखि रु २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख गरेको बताइएको छ ।
मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिकरुपले कमजोर रहेका माथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो ।