६ भदौ,
बाँके : बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको नयाँ पूर्वाधार निर्माणका लागि सरकारले एक अर्ब २५ करोड बजेट स्वीकृत गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल नेतृत्वको कार्यसमितिले अस्पतालको भौतिक पूर्वाधार निर्माणमा सरकारले उक्त बजेट स्वीकृत सम्भव भएको हो ।

अस्पतालको पुरानो जीर्ण भवन भत्काएर अव त्यसमा सात तले सुविधा सम्पन्न भवन निर्माण गरिने अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिएका छन्।

अध्यक्ष धितालका अनुसार, सात तले सुविधा सम्पन्न भवनको यसअघि नै डिपिआर तयार भइसकेको साथै अन्डरग्राउण्ड पार्किङ र हेलिप्याडसहितको उक्त भवनपछि अस्पतालको स्वरुप पुरै बदलिने बताए।

यसअघि अस्पताल परिसरमा चार तले अर्को भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ। भौतिक संरचनासँगै पछिल्लो समय अस्पतालको सेवामा व्यापक सुधार हुँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय