५ भदौ,
कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिका–१ वलपिपलमा रहेको चौलागाईं वस्त्रालयमा काम गर्ने अन्दाजी २२ वर्षीय जयन्तबहादुर कार्कीको शव शनिवार साँझ पसलको ट्वाइलेटमा फेला परेको छ। कार्की बैतडीको डिलाशैनी–७ घर भएका कार्की विगत २ वर्षदेखि उक्त वस्त्रालयमा कार्यरत थिए।

कार्कीको शव शंकास्पद रुपमा फेला परेपछि आफन्तले उनको हत्या भएको शंका गरेका छन्। कार्कीका आफन्तले वस्त्रालयका सञ्चालक शुवास चौलागाईंलाई सोधपुछ गर्दा सञ्चालक शुवासले शव ट्वाइलेटको होल्डरमा बिजुलीको तारमा झुण्डिएको अवस्थामा फेला परेको बताएका छन्।

उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय